Rule 49
सुराकी दिंदा खुलाउनु पर्ने विवरण
(१) हवाइ जहाजबाट हुने चोरी निकासी वा चोरी पैठारीको सुराकी दिंदा हवाइ जहाजको उडान नं. तथा चोरी निकासी वा चोरी पैठारी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम वा राहदानी नम्बर वा हुुलिया र चोरी पैठारी वा चोरी निकासी हुन लागेको मालवस्तुको नाम एवं लुकाई छिपाई ल्याउने वा लैजाने तरिका समेत खुलाउनु पर्नेछ ।
(२) स्थलमार्गबाट हुने चोरी निकासी वा चोरी पैठारीको सम्बन्धमा चोरी पैठारी हुन लागेको मालवस्तुको नाम, चोरी पैठारी हुन लागेको स्थान र समय, सवारी साधनका किसिम र नम्बर, लुकाई छिपाई ल्याउने वा लैजाने तरिका एवं चोरी पैठारी वा चोरी निकसी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम वा हुलिया समेत खुलाउनु पर्नेछ ।